८ असोज, धनगढी ।
मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा एक प्रहरी नै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले निज फरालमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही थालिएको जानकारी दिएका छन् ।

स्थानीय क्याम्पस चोकको झाडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई फरालले बलात्कार गर्दै गरेको देखेपछि स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले घटनाको बारेमा आवश्यक छानवीन र कारवाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ ।

18.16¡ÆC