राष्ट्रसंघ भवनमा नेपालको संविधान उत्कृष्ठ र समावेशी भएको भन्दै गडगडाहट ताली

अशोज ८, २०७३ मा प्रकाशित | 1566 views

८ असोज, न्युर्योक ।
राष्ट्रसंघ भवनमा आयोजित नेपालको संविधान दिवसको एक विशेष कार्यक्रममा सहभागी अमेरिका सहित विभिन्न देशका प्रमूखहरुले नेपालको संविधान विश्वकै उत्कृष्ठ र समावेशी रहेको भन्दै संविधान दिवस गडगडाहट तालि बजाएर खुशी व्यक्त गरेका छन् ।

छिमेकी देश भारतले नेपालको संविधानमा अनेक खोट देखाउँदै नाकाबन्दी सहित अनेक दुख दिइरहेका बेलामा राष्ट्रसंघमा आयोजित विश्वभरका देशका प्रतिनिधिहरुले नेपालको संविधानको पक्षमा यस्तो खुशी व्यक्त गरेका हुन् ।

नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले संयुक्त राष्ट्रसंघको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहमा सम्बोधन गर्दै नेपालको संविधान उत्कृष्ठ र समावेशी रहेको बताएका थिए ।

मन्त्री महतले संविधान कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने प्रष्ट पार्दै मन्त्री महतले नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै मन्त्री महतले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख रहेको समेत जानकारी गराए । महतले नेपालको समावेशीताको उदाहरण बताएपछि कार्यक्रममा उपस्थित विदेशी मित्र एवम् सहभागीले ताली पिटेर समर्थन मात्रै जनाएनन् नेपालको संविधानको समावेशिताको अनुपम उदाहरण रहेको टिप्पणी समेत गरे ।

संविधान दिवस एवम् राष्ट्रिय दिवसको नाम दिएर आयोजना गरिएको कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधि एवम् संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानले नेपालको संविधान दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको बारेमा जानकारी गराउन सफल हुने विश्वास व्यक्त गरेका थिए ।

उनले महासचिव वान कि मुनको तर्फबाट नेपालको संविधान दिवसको अवसरमा शुभकानमा व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन नेपालका सबै राजनीतिक दल मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख दुर्गाप्रसाद भट्टराईले महासभाको अवसरमा नै नेपालको संविधान दिवसको कार्यक्रम आयोजना गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताए ।

कार्यक्रममा महासभामा सहभागी विभिन्न मुलुकका परराष्ट्रमन्त्री, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, अमेरिकामा रहेका नेपाली समुदाय, उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीले नेपालको संविधानका बारेमा चासो राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web