सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला सुरु

अशोज ७, २०७३ मा प्रकाशित | 923 views

७ असोज, काठमाडौं ।
सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला बिहीबारदेखि काठमाडौँको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ ।

रावलपिन्डी चेम्बर अफ कमर्शको आयोजनामा सुरु भएको व्यापार मेलाले पाकिस्तानको सामग्री नेपालमा आयात गर्न तथा नेपालको सामग्री पाकिस्तानमा निर्यात गर्न थप सहयोग पुग्ने आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल र पाकिस्तानबीच पुरानो सम्बन्धलाई मेलाले थप वलियो वनाउने बताउनुभयो ।

नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशम्शेर जबराले नेपाली बजारमा पाकिस्तानी हस्तकलाले पर्याप्त बजार पाएको बताउनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानी हस्तकलाका सामानलाई नेपाली बजारमा चिनाउन मेलाले सहयोग पुगेको बताउनुभयो ।

मेलामा कपडा, छालाका सामग्री, धातुका सामान, काष्ठकलालगायत सामग्री राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web