२ असोज, टोकियो ।
दक्षिण कोरियामा भएको गुन्सन नेपाली कप पदक फुटबल प्रतियोगिताको उपाधि जापानको नेपाली टोलीले जितेको छ ।

उपाधि सहित जापानी टोलिले ३० लाख वन कोरियन नगद समेत जितेको छ । प्रतियोगितामा २९ वटा समुहले भाग लिएको थियो ।

जापान र कोरियामा रहेका नेपाली समुदायबिचको फुटबल प्रतियोगिताको रुपमा चिनिने खेलमा कोरियाको ३ ठाँउमा बिभिन्न चरणमा प्रतिस्पर्धा भएको थियो ।

जापानको तर्फवाट युवा नेपाली व्यवसायी अमृत गुरुङको पहलमा नेपाली टोली खेलमा सहभागी भएको थियो भने सहभागीहरुको खर्च लगायतमा गैर आवासिय नेपाली संघ जापान सहित जापानका विभिन्न व्यवसायीहरुले सहयोग गरेको बताइएको छ ।

जापानमा बिभिन्न खेल चरणमा छनौट भएका नेपाली युवा खेलाडी हरु सम्मिलित १८ जना खेलाडी सहित व्यवस्थापनमा रहेका ५ जना प्रतियोगितामा सहभागी हुन कोरिया पुगेका थिए ।

सेप्टेम्बर १३ मा कोरिया प्रस्थान गरेको जापानको नेपाली टोली उपाधि सहित हिजो साँझ जापान फर्किएको छ ।

प्रतियोगितामा जापानी फुटवल टिममा फुटबलर बसन्त गौचनका भाई भिषण गौचन र सन्तोष साउखल मिडफिल्डर र फरवार्डरका रुपमा सहभागी थिए । अन्य विभिन्न नेपाली युवा क्लव तथा समुहमा आवद्ध फुटवलरहरु सहभागी गराइएको थियो ।

18.21¡ÆC