तल्लो अरुण पनि भारतलाई !

भदौ ३०, २०७३ मा प्रकाशित | 957 views

काठमाडौं,भदौ ३०  । नेपालका आकर्षक र ठूला जलविद्युत आयोजना वर्षौंसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको छ।

कुनै विवादित र गोप्य सन्धीसम्झौता नगर्ने भनी सार्वजनिक प्रतिबद्वता व्यक्त गर्दै आएका प्रधानमन्त्री प्रचण्डले नै भारतलाई एउटा आयोजना दिन सम्बद्व निकायलाई निर्देशन दिएको खबर आजको अन्नपूर्णमा छापिएको छ ।

सरकारले बास्केटमा राखी आफैं अध्ययन गरिरहेको संखुवासभामा पर्ने तल्लो अरुण ४०० मेगावट जलविद्युत आयोजना भारतलाई दिन प्रधानमन्त्रीबाट निर्देशन आएपछि परराष्ट्रले ऊर्जा मन्त्रालयसँग उक्त आयोजनको विस्तृत विवरण माग गरेको छ। परराष्ट्र सचिव शंकर वैरागीले ऊर्जाका पदाधिकारीसँग ‘प्रधानमन्त्रीज्यूले जसरी भएपनि दिनै पर्‍यो’ भन्दै तल्लो अरूणको विवरण माग गर्न ऊर्जासचिव अनुपकुमार उपाध्यायलाई मौखिक आग्र गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web