टोकियो, जापान ।
चलचित्र कालोपोथी विश्वकै सर्वाधिक प्रतिठिष्त ओस्कर अवार्डको लागि नेपालबाट छनौट भएपछि जापानमा यसको चर्चा चुलिएको छ ।

यही सेप्टेम्वर २५ तारिखका दिन प्रदर्शन हुन लागेको चलचित्र कालोपोथीको टिकट बुकिगंको माग चलचित्र ओस्कर अवार्डको लागि छनौट भएपछि ह्वात्तै बढेको छ ।

टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टका अनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भई पुरस्किृत समेत भएको चलचित्रको प्रदर्शन मिति नजिकिंदै गर्दा टिकटको माग पनि बढिरहेको छ ।

स्मरणीय छ चलचित्र कालो पोथीले दिपेन्द्र के खनालद्धारा निर्देशित ‘पशुपतिप्रसाद’ ‘को आफनो’ पनि प्रतिस्पर्धामा रहेपनि अन्ततः विदेशी भाषी चलचित्र जाँचपास समितिले मिन भामद्वारा निर्देशित ‘कालोपोथी’ लाई ओस्कर अवार्डको लागि सिफारिस गरेको हो ।

एकेडेमी अफ मोशन पिक्चर आटर्स एण्ड साइन्सेसबाट सन् २०१७मा घोषणा गरिने ८९औँ ऐकेडेमी अर्वाड 'ओस्कर अवार्ड' मा ‘कालोपाथी’ले नेपालकोतर्फबाट सहभागिता जनाउने छ। यसअघि नै विभिन्न अवार्ड जितिसकेको ‘कालोपाथी’ले एकेडेमी अवार्डको लागि सबै मापदण्ड पुग्ने स्तरीय तथा अब्बल सिर्जनाहरु रहेको छ ।

फिल्मको प्राविधिक पक्ष ,कथाको प्रस्तुति पक्ष , पात्रहरुको भावानात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गर्दा ‘कालोपाथी’ ओस्कारको आँखा छनोट भएको चलचित्र विकास बोर्डले जनाएको छ।

ओस्करमा जानको लागि भिडेको चलचित्र पशुपतिप्रसाद पनि नेपालमा सफल व्यापार सहित नेपाली मौलिक कथा समेटिएको चलचित्र हो । उक्त चलचित्रलाई समेत माथ खुवाउँदै ओस्कार अवार्डको लागि छनौट भएको कालो पोथी जापानमा प्रदर्शन हुनेभएपछि जापानमा रहेका नेपाल चलचित्र पारखीहरु हर्सित देखिएका छन् ।

जापानमा गतवर्ष भव्यताका साथ कबड्डी कबड्डी चलचित्रको सफल प्रदर्शन गरेको टोक्यो ड्रिम्सले टिकट बुकिगं चलचित्र प्रदर्शन अघिनै गर्न अुनरोध गरेको छ ।

टिकट सिमित संख्यामा रहेको भन्दै आयोजकले यसअघि कबड्डी कबड्डी चलचित्र हेर्न आएका सयौं जनालाई हलमा नअटेर फर्काउनु परेको भन्दै समयमै टिकट बुकिंगको अनुरोध गरेको हो ।

जापानको लागि चलचित्र कालो पोथीको प्रदर्शन पाएको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टका अनुसार टिकटको मूल्य विद्यार्थीको लागि छुट सहित २५ सय जापानी येन र अन्यको लागि तीन हजार जापानी येन तोकीएको छ ।

चलचित्र कालो पोथी टोकियो नाकानो जिरो हल नाकानो कु मा साँझ ५ ः ३० बजेबाट प्रदर्शन हुँदैछ ।

चलचित्र कालो पोथीको टिकट बुकिगंको लागि निम्न लिखित नम्वर तथा टोक्यो ड्रिम्सको फेसबुकपेजमा गएर सम्पर्क गर्न सकिने चलचित्र प्रदर्शन गर्न लागेको टिमले टपनेपालन्युजडटकमलाई जानकारी दिएको छ ।

सम्पर्क नम्वर : 08043555258, 080-4799-2846, 08035940800

फेसबुक पेज Tokyo Dreams Entertainment

16.73¡ÆC