२८ भदौ दाङ ।
दाङमा एक अटो रिक्सा चालकले फेला पारेको ५० हजार रुपैया प्रहरीलाई बुझाइदिएका छन् ।

जिल्लाको गढवा गाबिस २ का महेश चौधरीले आज बिहान आफ्नो अटो रिक्सामा फेला पारेको ५० हजार रुपैयाँ इलाका प्रहरी कार्यालय गढवामा बुझाएका हुन ।

चौधरीले बुझाएको रकम गढवा गाबिस आसपासका जो कसैको हुन सक्ने भएकाले भरपर्दो प्रमाण लिएर रकम लिन आउन आग्रह गरेको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिहले जानकारी दिनुभयो ।

16.42¡ÆC