रानीपोखरी पुनःनिर्माणमा यस्तो सहमती भयो

भदौ २७, २०७३ मा प्रकाशित | 1178 views

२७ भदौ, काठमाडौं ।

पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच सहमति भएपछि रानीपोखरी पुनःनिर्माणको काम यसै सातादेखि हुने भएको छ ।

मापदण्ड विपरीत पुनःनिर्माणका काम भएको भन्दै पुरातत्व विभागले गत १६ गतेदेखि निर्माणको काम रोक्न निर्देशन दिएको थियो ।

निर्माण भइसकेका संरचना सच्याउने र अब बनाउने संरचना पनि विभागले भनेअनुरुप बनाउने सहमति भएपछि यसै साता फेरि पुनःनिर्माणको काम सुरु हुने विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web