बादीका बेदना । नदीको धमीलो पानी पिउन बाध्य छन् वादी समुदाय

भदौ २७, २०७३ मा प्रकाशित | 1166 views

२७ भदौ, बझागं ।
बषौ देखि सदरमुखकाम चैनपुरमा बस्दै आएका वादी समुदाय खोलाको धमिलो पानी पिउन बाध्य भएका छन् । घरमा खाने पानीको धारा तीन बर्ष अगाडी थियो अहिले सडक पिच गर्दा वादी समुदायकोधारा काटी दिइको रमेश वादीले बताए ।

उनले भने केहि दिन सम्म छिमेकी सुनार समुदाय र नेवार समुदायको  धाराबाट पानी खादै गरेका थियौअहिले उनीहरुले तल्लो जातीका वादी धारा पनि छुन नदिदाँ हामी वादी समुदायका २३ परिवार सेती नदी र बाउली खोलाको धमिलो पानी खान बाध्य भएका उनले दुखेसो पोखेका छन् ।

बर्खा यमको खोलाको धमिलो पानी चुन्नीमा बालुवा थीका्रयर पानी फिल्टर गदै बिद्यालय पढ्न नपाएको नमुना नि मा बि कक्ष ४मा  अध्ययनरत छात्रा हरीना वादीले बताईन् । उनले भनीन् बुवा छैन आमाले बजारमा माग्न जादाँ  दिनभर ठीक्कै हुन्छ आफु भन्दा साना ४ भाईबिना छन् ,हामीलाई साझँ बिहान खानको लागी आमा मागेर ल्याउनुहुन्छ र मलाई दिनभर सेती नदिको धमिलो पानी चुन्नीले छानेर बेलुकी सम्म १० लिटरको जरकिनमा ल्याउन्छु । अनी बिद्यालय जाने समय मेरो सेती नदिको पानी भदै जान्छ आशु झादै बताईन । यस्तो समस्या हरिना वादीको नभई उनी जस्ता बिद्यालय जान इच्छुक तर घरायसी समस्या र बाध्यताले बिद्यालय पढ्रने समयमा सेती नदी को तिरका चुन्नीमा बालुवा छानी दजनौ वादी समुदायका बालबालिकाको दिचार्य बित्दै गएको छ ।

राज्यले तल्लो बर्गका समुदायलाई लक्षीत गरी करौडोको रकम उनीहरुको नाममा खर्च हन्छ तर वादी समुदायका पिडा भने जिउका तिउ रहन्छन ् । बिश्वमा जलस्रोतको द्रोसो धनीदेस नेपाल भएपनि पानी को सहि ब्यावस्थापन नगर्दा कसैलाई खाने पानीको समस्या छ त कसैलाइ सिचाई गर्ने पानी नपाउँदा उब्जनी हुने जग्गा खेती नगरेरै वाजो राख्ने स्थीति छ ।

कमाई खानको लागी जमिन छैन त्यसैले हामी वादी समुदाय यसरी माग्दै हिडेको पदम वादीले बताए । उनले भने माग्दै हिड्नु रहर होईन हाम्रा केटाकेटी र हाम्रो पेट पाल्नको लागी हामीले यस्तो बाटो रोज्न बाँध हुनु पयो । खाने पानीकै अभाबमा केटाकेटी बिद्यालय जानको साटो सेती नदिमा पानिको लागी जान्छन् र हामी पेट पाल्ने गुजरा गर्न बजारमा माग्दै हिडेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web