काठमाडौं,भदौ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले खतरा मोल्ने शब्द राष्ट्र र जनताको हितका लागि सकारात्मक अर्थमा प्रयोग गरेको बताउनु भएको छ । व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय श्रम समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले खतरा मोल्नु लिडरको दायित्व भएको भन्दै हातखुट्टा बाँध्ने प्रवृत्तिबाट सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले देशका लागि खतरा मोल्ने कुरा गरेको हुँ । खतरा मोल्ने शब्दको प्रयोग देश र जनताको हितका लागि भएको हो ।

यसमा कसैले कुनै टेन्सन लिन जरुरी छैन । हामी सबैले नेतृत्वको हातखुट्टा बाँध्ने प्रवृत्तिबाट माथि उठेर देश र जनताका लागि सोचौं ।’ प्रधानमन्त्रीले थप्नुभयो, ‘नेपालीमा भ्यागुताको कथा छ । कसैले राम्रो काम गर्न खोज्यो कि हामी खुट्टा तान्न थालिहाल्छौं । यो राम्रो संस्कार होइन । देश र जनताको पक्षमा राम्रो काम गर्न खोज्दा सकरात्मक रुपमा सहयोग गरौं ।’

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित रहने जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘गत वर्ष हाम्रो दुई देशीय सम्बन्ध उतारचढावपूर्ण रह्यो । मेरो भ्रमण विगतको समीक्षासहित दुई देशको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित हुनेछ ।’ बैठकमा सांसदहरु भीम रावल, जितेन्द्र देव, भरतबहादुर खड्का, सुनिलबहादुर थापा, चुडामणि जंगली, लालबाबु यादव, अशोककुमार मण्डल, पेम्बा लामा, पुष्कर आचार्य, प्रेमकिशोर शाह, गणेशमान पुन, गीता वाग्ले, बलबहादुर केसी, ललिताकुमारी रेग्मी, राज्यलक्ष्मी श्रेष्ठ, राधा तिमिल्सिना र अब्दुल हमिदले नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको भारत भ्रमणबारे आफ्ना सुझाव र धारणा राख्नुभएको थियो ।

19.28¡ÆC