हिन्दुराष्ट्र सहितको राजसंस्थाको पुनःस्थापना नभए हतियार उठाउने धम्की

भदौ २५, २०७३ मा प्रकाशित | 890 views

काठमाडौं,भदौ २५ । शाही यूवा शक्ति नेपालले असोज ३ गते रत्नपार्कमा संघीय संविधान जलाउने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर शाही यूवा शक्ति नेपालले राजासहितको हिन्दुराष्ट्र र हिन्दुराष्टसहितको राजसंस्थाको पुनःस्थार्पना नभएसम्म संविधान आफुहरूलाई मान्य नहुने भन्दै आउँदो असोज ३ गते रत्नपार्कमा हजारौ कार्यकर्ताकोवीचमा संविधान जलाउने चेतावनी दिएको हो ।

कार्यक्रममा बोल्दै यूवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताको भावना विपरित केही सिमित नेताहरूको स्वार्थको कारण राजा र हिन्दु राष्ट्रको महिमामाथि आँच लाग्ने काम गरेको आरोप लगाए । उनले भने “हामीलाई थोरै छन् भनेर कसैले नसोच्नुहोस्, यदि राजसंस्था र हिन्दु राज्य नेपालमा पुनःस्थापना गरिदैन र हरेक क्रियाकलापमा राजालाई भाग लिनबाट बञ्चित गरिन्छ भने अब हामी हतियार उठाउँछौ, शसक्त आन्दोलन गर्छौँ ।”

अर्को प्रसँगमा माक्र्स लेलिनको जन्मोत्सव मनाउँने तर यो देशको सिमा निर्धारण र देशको जन्मदाता पृथ्वीनारायण शाहको जन्म जयन्तिको अवसरमा एकता दिवस मनाउन लाज मान्ने हाम्रो कुन राष्ट्रियता हो ? भन्दै अध्यक्ष खड्काले प्रश्न तेर्साए । उनले हालै नेपालगञ्जमा स्वर्गीय राजा विरेन्द्रको शालिक हटाउने काम गरेकोप्रति घोर आपत्ति जनाउँदै भने,‘यो गणतान्त्रिक सरकारलाई राजा विरेन्द्रको शालिकले तर्साएको छ, परालको त्यान्द्रोजस्तो गणतन्त्र नेपालीहरुलाई अब स्विकार्य छैन् ।’

हिजोको शासन र आजको शासन व्यवस्थाका बारेमा जनता जानकार रहेको बताउदै खड्काले ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने ठोकुवा गरे ।

आफ्नो संघ संघीय गणतान्त्रिक संविधान जारी भएयता विदेशीको भरमा लादिएको उक्त संविधानको खारेजीको लागि निरन्तर संघर्षमा होमिएको उल्लेख गर्दै अध्यक्ष खड्काले भने,‘हामी निरन्तर खबरदारी गरिरहेका छौं, जनतालाई ढाँट्नको लागि र झुक्याउनको लागि विदेशीको ईशारामा संविधान ल्याईएको हो, आज देशको यो हालत भएको छ, राजाविना यो मुलुकमा शान्ति, अमन–चयन र विकास हुनै सक्दैन् ।’

भुकम्पपीडितलाई वर्तमान सरकारले राहत तथा पूर्नस्थापना गर्न नसकेको बताउँदै भने,‘यी विदेशी खुुसघोरहरुलाई यो देशको माया नै छैन, आज राजा यो देशमा भएको भए सारा नेपालीहरुले सुखको सास फेर्ने थिए, भूकम्पपीडितको आज यो हालत हुँदैन्थ्यो, त्यसैले मुलुकको विकास र जनताको जिविका माथि उकास्नपनि राजतन्त्र अनिवार्य आवश्यकत्ता हो ।’

कार्यक्रममा संघका सदस्यहरु अर्जुन उपे्रती, पूर्ण छन्त्याल लगायतले आफ्ना धाराणा राखेका थिए । कार्यक्रमको सञ्चालन महेश भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web