एनआरएन जापान नेपाल फेस्टिवलको समिक्षा सहित आयव्यय सार्वजनिक गर्दै

भदौ २५, २०७३ मा प्रकाशित | 991 views

२५ भदौ, टोकियो ।
अगष्ट ६ र ७ तारिखमा जापानमा सम्पन्न भएको नेपाल फेस्टिवलमो समिक्षा सहित आयव्यय सार्वजनिक गर्न एनआरएन जापानले एक कार्यक्रम आयोजना गरेको छ ।

'नेपाल फ़ेस्टिवल' को समिक्षा सहित आय ब्यय सार्वजनिक गरिन लागेको भन्दै एनआरएन जापानका सचिव बुद्धिराज घिमिरेले पत्राचार गरिएका संघसंस्था र चासो राख्ने व्यक्तिहरुलाई उपस्थितिको अनुरोध गर्नुभएको छ ।

एनआरएन जापानको आयोजनामा भएको फेस्टिवललाई नेपाली राजदूतावास टोकियो र परराष्ट्र मन्त्रालय जापानले बिशेष सहयोग गरेको थियो ।

३ लाख व्यक्तिले अवलोकन गरको दावी गरिएको फेस्टिवलको समिक्षा सहित आयव्यय यहि सेप्टेम्वर १० तारिखमा सोलमारी हल सिनओओकुवोमा सार्वजनिक गरिने भएको छ ।

दिनको १ बजेबाट सुरुहुने कार्यक्रममा एनआरएन जापानले पछिल्लो समय सबैको चासोको विषय रहेको भूकम्पी पिडित राहत कोष परिचालन बारेमा पनि भएका प्रगति र अबको प्रक्रियाका बारेमा आफ्ना कुरा राख्ने अपेक्षा गरिएको छ ।

यस्तो छ विज्ञप्ति

"नेपाल फ़ेस्टिवल को समिक्षा सहित आय-ब्यय सार्वजनिक गरिने !"

सेप्टेम्वर ६ र ७ तारिख जापानको टोकियोमा एनआरएनए जापानको आयोजना मा नेपाली दुतावास टोकियो र परराष्ट्र मन्त्रालय जापानको बिशेष सहयोग  साथै जापान स्थित संघ संस्थाको सहकार्यमा सम्पन्न नेपाल फ़ेस्टिवल २०१६ समिक्षा सहित कार्यक्रमको आय ब्यय सार्वजनिक गरिने छ। कार्यक्रम यहि सेप्टेम्वर १० तारिख सोलमारी हल सिनओओकुवो मा दिवा १३:०० बजे बाट हुनेछ। कार्यक्रममा उपस्थितिको लागि सम्वन्धित संघ सस्था वा ब्यक्तित्वहरुलाई पत्राचार गरिसकिएको छ, पत्र ढिला भएमा यसै सुचनालाई आधारमानि गरिमामय उपस्थित को लागि अनुरोध गरिन्छ।

बुद्धि राज घिमिरे
सचिव
एनआरएनए जापान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web