प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्दै,सरकारका प्राथमिकता सार्वजनिक आजै

भदौ २३, २०७३ मा प्रकाशित | 841 views

काठमाडौं,भदौ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनताको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निर्वाचित भए पछि प्रचण्डले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन । सम्बोधन ११ बजे संसदभवनवाट हुनेछ । संसद अधिवेशन चलिरहेकाले संसदमार्फत् नै सम्बोधन गर्न लागिएको हो । प्रचण्डले सम्बोधन मार्फत सरकारका प्राथमिकता सार्वजनिक गर्न लागेका हुन्। कांग्रेस सरकारमा सहभागि भइसक्दा समेत उनले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न सकेका थिएनन्। यसैबीच, प्रधानमन्त्रीको सम्बोधन पछि संसद बैठकमा आज विभिन्न विधयेकहरु पनि पेश हुनेछन् । आज उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले भन्सार कार्यविधीहरुको सरलीकरण र सामन्जसीकरण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छलफल र अनुमोदनका लागि पेश गर्नेछन् ।

बैठकमा सवारी तथा यातायात व्यवस्था दोस्रो संसोधन विधयेक, भूमिगत जलस्रोत विधयेक, बैंकिङ कसुर तथा सजायँ पहिलो संसोधन विधयेक, न्याय सेवा आयोग, न्याय प्रशासन र न्याय परिषद विधयेक पनि पेश हुने सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईँकेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web