१९ भदौ, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ ।

सिङ्गापुरमा पाचनप्रणाली सम्बन्धी उपचार गराई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहदै सभापति देउवाले संविधानप्रति सबैको अपनत्व र कार्यान्वयन गर्न थप सहजता होस् भनेर संशोधन गर्न लागेको बताउनु भयो ।

उहाले संविधान संशोधनमा राजनीतिक सहमति खोज्न सरकारले पनि पहल परिरहेको बताउनु भयो ।

भूकम्पपीडितलाई एकमुस्ट दुई लाख दिन निर्णय तत्कालीन कार्यान्वयन हुने पनि देउवाले जानकारी दिनु भयो ।

17.12¡ÆC