भिमाले भनिन् -‘२५ लाख बाँकी पैसा ३ बर्षसम्म मेरो स्वास्थ्य परीक्षणमा खर्चन्छु’

भदौ १८, २०७३ मा प्रकाशित | 2307 views

१८ भदौ, टोकियो ।
मुटुको भल्वको उपचारको लागि सहयोग मागेकी भिमा कुमारी श्रेष्ठले आफ्नो उपचारको लागि १५ लाख मात्र खर्च भएको भन्दै बाँकी रकम तीन बर्षसम्म उपचारको लागि खर्चने बताएकी छिन् ।

उपचार सकिएको महिना दिन पछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भिमाले आफ्नो उपचारमा १५ लाख ४२ हजार ७ सय ७ जापानी येन खर्च भएको उल्लेख गरेकी छिन् । भिमाका अनुसार ४१ लाख २७ हजार ३ सय ३९ रुपैयाँ प्राप्त भएको र २५ लाख ८४ हजार ६ सय ९२ रुपैयाँ बाँकी रहेको छ ।

बाँकी रकम आफ्नै उपचारको लागि आगमी ३ बर्षसम्म स्वास्थ्य परीक्षण गर्दै जाने क्रममा प्रयोग गर्ने उल्लेख गरेपछि भिमाले यती ठूलो रकम आगामी ३ बर्षमा अन्य के रोग वा त्यस्तो रकम खर्च हुने कारण खुलाएकी छैनन् ।
भिमाको मुटुको भल्भको सल्यक्रिया साउन ८ गते भएको थियो ।

जापानमा विभिन्न संघसंस्था तथा सहयोगी दाताहरुले भने भिमालाई उपचारको लागि उठाएको रकम अन्य उनिजस्तै आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग गर्ने अपेक्षा राख्दै आएका थिए ।

यस्तो छ भिमाले सामाजिक सञ्जाल फेसबुकमा राखेको जानकारी ।
सम्पूर्ण सहयोगि संघ संस्था तथा सहयोगिदाताहरु प्रति मुरि मुरि धन्यबात

म भिमा कुमारी श्रेष्ठ । जापानमा रहनु भएका सम्पूर्ण सयोगीदाताहरु बिभिन्न संघ सस्था तथा दाई दिदी ज्युहरु भाई बहिनीहरु मेरा विद्यार्थी साथीहरु अङ्कल अन्टीज्युहरु यहाँहरुलाई हृदय देखि मुरी मुरी धन्यबात दिन चाहन्छु | मेरो लागि रात दिन भोक निन्द्रा नभनी अहोरत खटेर यदि धेरै सहयोग गरीदिनु भयो । तपाईंहरुको सहयोगले गर्दा आज मैले पूर्ण जिबन पाएकी छु । तपाईंहरुको यो गुणलाई कहिले बिर्सिने छैन ।बिशेष गरि मेरो आदर्णीय दाई रितु कुमार दुरा ज्युलाई धेरै धरै धन्यबात दिन चाहन्छु । किनकी मेरो समस्यालाई न्युज सम्म पुराउन बिशेष सहयोग गरिदिनुभयो । र नेपाल पत्रकार माहसंघको अध्यक्ष आदर्णीय दाई तिलक मल्ल ज्यु , समुन्द्रपारीका सम्पूर्ण पत्रकार ज्युहरु , अनि (nepali in japan ) ,नेपाल जापान डट कम् लागयत सम्पूर्ण मिडिया कर्मी ज्युहरु प्रति मुरी मुरी धन्यबात दिन चाहन्छु । तपाईंहरुले बडो दु:ख र मेहेनेतका साथ मेरो समस्यालाई न्युज सम्म ल्याइदिने काम गर्नु भयो र प्राथमिकता साथ स्थान दिनु भयो । उता कोरियाबाट पनि मलाई धेरै सहयोग गर्नु भएको छ । सम्पूर्ण कोरियाबासी नेपालीहरु प्रती पनि हृदय देखी मुरी मुरी धन्यबात दिन चाहन्छु , बिशेष त रिनोज श्रेष्ठ दाईलाई धेरै धेरै धन्यबात छ । अनि यहाँ प्रतक्ष रुपमा सहयोग गर्नु हुने राजन प्रधानग ज्यु , सुबाश लोहोनी ज्यु ,सुरेश घिमिरे ज्यु , बलराम श्रेष्ठ ज्यु , सुनिल शाक्य ज्यु , एन.अर.एन का उपाअध्यक्ष टसी लामा ज्यु , सुस्मा ओमाता ज्यु र नेवा समाजका सम्पूर्ण सदस्यज्युहरु मलाई प्रतक्ष रुपमा भेटेर सहयोग गरिदिनु भएकोमा मुरी मुरी धन्यबात दिन चाहन्छु। अनि राजन प्रधानग दाई ज्युलाई बिशेष धन्यबात दिन चाहन्छु । किनकी उहाँले अप्रेसन हुनु भन्दा अगाडि बाट नै डाक्टर सँग प्रतक्ष रुपमा भेटेर डाक्टरहरुको हरेक मिटिङमा उपस्थिति हुनुभई छलफल तथा सुजब जानकारी गराइदिनुको साथसाथै एउटा परिवारिक बातावरणमा हेरचाह तथा माया गरि दिनुभएको छ । उहाँको यो गुण अनन्तसम्म पनि भुल्न नसकिने छाप बनेर बसेको छ ।
अहिले मेरो स्वास्थ्य स्थिति भन्नु पर्दा क्रमश सुधार हुँदै अाइराखेको छ, र अप्रेसन गर्ने ठाउमा चाँही अजै दुख्छ पूर्ण रुपमा निको हुनलाई अजै ३ बर्ष जति लाग्ने जानकारी डाक्टरले दिनुभएको छ । त्यही भएर अजै छाती दुख्छ । अनि औषधी लगातर खानु पर्ने रैछ औषधी खाइरहेकी छु । अहिले केही महिना सम्मको लागि प्रतेक हप्ता हप्तामा फलअपमा जानु पर्छ । अब म चाडै निको भएर पहिलाको अवस्थामा छिट्टै फर्किने छु । यहाँहरुले धेरैजानले धेरै सहयोग गर्नु भएको छ । मलाई सहयोग गर्नुहुने संघ सस्थाहरुको नाम उल्लेख गर्न चाहन्छु ।

1. दक्षिण कोरिया बाट =4,35,000/-
2. जनसम्पर्क समिती =3,50,000 /-
3. क्युसु एईसु एकेडेमि=3,31,011/
4. नेसाज = 1,61661/-
5. शेर्पा एसोसेसन जापान =1,40,000/-
6. फुकुओका नेपाल सोसाइटी=1,17,300/-
7. टोक्यो इन्टरनेश्नल कलेज= 1,01,500/-
8. एन अर एन कानसाई=90,956/-
9. टोक्यो युनिभरसिटी नागोया दोस्रो वर्षको कक्षाबाट =82,000/-
10. ओखल्ढुङ्गा सेवा समाज जापान =75000/-
11. TBS 栃木県小山市=67,000/-
12. नाकनो बिज्नेश कलेज =45,103
13. धदिङ सेवा समाज =39,000 /-
14. नाकनो बिज्नेश कलेज दोस्रो ग्रुपबाट =36000/-
15. तामाग सेवा समाज जापान =35,000/-
16. बाँके बर्दिया सेवा समाज जापान =30,000/
17. नेपाल समाज गुम्बा केन =27,000 /-
18. क्युसुकोकुसाई क्योईकुगाक्को =24,108/-
19. सुदुर पश्चिमेली समाज जापान =21,101/-
जम्मा रकम =2,091,440
संघ सस्था तथा विद्यार्थी साथीहरुले सन्कलन गर्नुभएको जम्मा रकम = 2,091,440/-
बाँकी व्यक्तिगत तथा पूर्ण विवरण प्राप्त नभएका संघ सस्था र विद्यार्थी साथीहरुबाट सन्कलित रकमको विवरण= 2,035,959/-
2,091,440
+ 2,035,959
=4,127,399/-
जम्मा रकम =4,127,399/- हस्पिटलमा लागेको खर्च :- 6,22,707 /-
हालसम्मको खर्च :- + 9,20,000/-
जम्मा खर्च :- = 1,542,707/-

= 4,127,339
- 1,542,707
जम्मा खर्च काटेर बचेको रकम=2,584,692/-
बाँकी भएको रकम आगामी ३ बर्षसम्म मेरो स्वास्थ्य परीक्षण गर्दै जाने क्रममा प्रयोग गर्दै जानेछु ।

सम्वन्धित समाचारहरु छुटेको भए अवश्य पढ्नुहोला …

मुटुरोगी भिमाको उपचारको लागि नेपाली विद्यार्थीद्वारा संकलित रकम हस्तान्तरण

भिमाको मुटुको सल्यक्रिया भोली, आर्थिक सहयोग नउठाउन आग्रह

भिमाकुमारी बचाउ अभियान नेसाजद्धारा स्थगित

भिमाको उपचारमा जनसम्पर्क समिति जापानको सहयोग

जापानमा भिमाको उपचार खर्च उठ्न थाल्यो, नयाँ जीवनको लागि याचना

भिमाको
मुटुको सल्यक्रिया भोली, आर्थिक सहयोग नउठाउन आग्रह – See more at:
https://topnepalnews.comjapan?per_page=50#sthash.gy2di0Xt.dpuf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web