तीज क्वीनको उपाधि लुतला लिम्बूले जितिन्

भदौ १८, २०७३ मा प्रकाशित | 1373 views

१८ भदौ दमक ।
बिवाहित महिला बीच भएको तीज क्वीन प्रतियोगिता २०१६को बिजेता झापाको दमक १३ की तुलसा लिम्वूले ताज पहिरेकी छिन् ।

शंकर आर्ट फाउण्डेशनले हिजो राती दमकमा सम्पन्न गरेको प्रतियोगिताका १७ प्रतियोगीलाई पछि पाद्दै लिम्वूले तीज क्वीनको ताज पहिरेकी हुन् । उहाँलाई प्रतियोगिताका प्रमुख अतिथि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रवन्धक राजेश थापाले नगद ५० हजार रुपैयाँ सहित ताज पहिरेर पुरस्कृत गर्नु भएको थियो ।

तीजको अवसरमा भएको बिवाहित महिलाहरु सहभागी प्रतियोगिताको फस्ट रनअप बिजेता अजिता भण्डारी  र सेकेण्ड रनअप निलम श्रेष्ठ दमक पुरस्कृत हुनु भएको थियो । भण्डारीले नगद ३० हजार रुपैया र श्रेष्ठले २० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्नु भएको निर्णयक मण्डलका सदस्य तथा रंग पत्रकार भुपेन्द्र तिम्सिनाले बताउनु भयो ।

प्रमुख अतिथि महाप्रवन्धक थापाले हिजोको दिनमा चेली माइती भेटघाट हुन नपाएको बेदनाको गीत गाउने गरिन्थ्यो भने अहिलेको बद्लिदो तीजलाई प्रयोग गरेर आमाहरु भित्र लुकेको प्रतिभालाई  बाहिर ल्याउने प्रगतिशील काम हुन थालेको बताउनु भयो । यसले नेपाली कला संस्कृतिको जर्गेना गर्नुको साथै नारीहरुलाई सशक्तिकरण गदै हरेक क्षेत्रमा प्रतिष्पधी बनाउने वातावारण सिर्जना गरेको थापाले बताउनु भयो । सम्भवत मुलुकमै पहिलो चोटी बिवाहित महिला बीच प्रतियोगिता भएको भन्दै सांस्कृतिक संस्थानले फाउण्डेशनलाई सहयोग गर्ने प्रतिवद्धता उहाँले गर्नु भयो ।

१८ जना सहभागी महिला बीच प्रतियोगीको एकल प्रस्तुती , सांस्कृति प्रस्तुती , प्रश्न उत्तर गरी उत्कृष्ठ दश जना छनौट गरेको थियो । ती मध्ये उत्कृष्ठ ५ छनौट र त्यसबाट बिजेता छनौट चरण सम्पन्न गरेको फाउण्डेशनका कार्यकारी निर्देशक शंकर बिश्वकर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web