खाना पकाउने ग्यासको भाउ घट्यो

भदौ १६, २०७३ मा प्रकाशित | 1828 views

१६ भदौ, काठमाडौं ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ । निगमले नजिकिँदो चाडबाडको अवसर पारेर आजैबाट लागुहुनेगरि मूल्य घटाएको हो ।

निगमका अनुसार आजै मध्यरात अर्थात् बिहीबार राति १२ बजेदेखि यो नियम लागू हुने छ ।
हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । छुट भएपछि सर्वसाधारणले १३ सय २५ रुपैयाँमा खरिद गर्न पाउने छन् । पेट्रोल, डिजेल र मटिटतेलको मूल्य भने सामायोजन गरिएको छैन ।

आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो । आजैको मन्त्रिपरिषद बैठकले पनि दशैंतिहारको अवसरमा मूल्य घटाउन निर्देशन दिएको थियो ।

तेलको मूल्य पनि घटाउने योजना भएपनि भारतीय आयल कर्पोरेशनले मुल्य बढाएर सूची पठाएकाले तत्काल सम्भव नभएको निगमले बताएको छ ।

यसैगरी मन्त्रिपरिषद्ले आपूर्ति मन्त्रालयलाई खाना पकाउने ग्यासमा पनि स्वचालित मूल्य प्रणाली लागू गर्न सैद्धान्तिक सहमति दिएको छ । अब खाना पकाउने ग्यासमा पनि तेलमा जस्तै भारतबाट आयात गरिएको मूल्य अनुसार समायोजन हुनेछ ।

आयल निगम लगातार घाटामा गएपछि तेलमा स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको छ ।

आयल निगमलाई हाल खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर १ सय ११ रुपैयाँ नाफा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web