राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप भदौ अन्तिम साताबाट

भदौ १५, २०७३ मा प्रकाशित | 846 views

काठमाडौं,भदौं १५ । नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अन्तर्गत तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता भदौं २८ देखी हुने भएको छ । असोज ३ सम्म चल्ने प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताउनु भयो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताबाट मंसिर ८ देखी ११ सम्म चल्ने लिग भलिबललाई छनोटको रुपमा लिइएको छ ।

प्रतियोगितामा व्वाइज तर्फ एपिएफ, नेपाल पुलिस, आर्मी, मणिमुकुन्द भलिबल क्लब, काभ्रे जिल्ला भलिबल संघ, ढोरपाटन भलिबल क्लब, जावलाखेल युथ क्लब, प्रगतिशिल युवा क्लब जिरी, हेल्प नेपाल स्पोर्टस क्लब, पश्चिमाञ्चल, नयाँ बजार युवा क्लबले खेल्नेछन । यसैगरी महिला तर्फ एपिएफ, न्यु डायमन्ड, नेपाली सेना, नेपाल प्रहरी, काभे्रे जिल्ला भलिबल संघ, जावलाखेल भलिबल, ढोरपाटन भलिबल, पश्चिमाञ्चल, श्रीनगर उच्च मावि, प्रगतीशिल युवा क्लब जिरीले भाग लिनेछन ।प्रतियोगिताको विजेता पुरुष तथा महिला खेलाडीले १ लाख २५ हजार, उपविजेताले ७० हजार, तेस्रोले ५० हजार पाउनेछ ।

प्रतियोगितालाई मुख्य प्रायोजन गरेको ट्रिनिटी कलेजले च्याम्पियनसिपको विजेता पुरुष र महिला क्लबको पुरस्कार प्रदान गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, उत्कृष्ट वेस्ट ब्लकर, सेटर, स्पाइकर, लिबेरो र सर्भरले जनही ५ हजार पाउनेछन । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई सञ्जय स्मृती प्रतिष्ठानले प्रायोजन गरेको छ ।

भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले प्रतियोगिताले नेपालमा नयाँ खेलाडी उत्पादन र लिग भलिबलको स्तरलाई बढाउन सहयोग गर्ने बताउनु भयो । यसैगरी मंगलबार बसेको संघको बैंठकले शेर बहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष पुर्व भलिबलका राष्ट्रिय खेलाडि रञ्जन खड्कालाई संघको उपाध्यक्षमा मनोनित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web