प्रधानमन्त्री र जापानी परराष्ट्र राज्यमन्त्री नोबुबीच भेट

भदौ १५, २०७३ मा प्रकाशित | 1118 views

१५ भदौ, काठमाडौं ।
नेपाल भ्रमणमा रहनुभएका जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय शिंहदरवारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको बताउनुभयो ।

उहाँले दुई देशको सम्वन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन नेपाल सरकार प्रयत्नशील रहको वताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

जापानका राज्यमन्त्री नोबु किसिले संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुर्निनर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्री दाहालले अघि बढाउनुभएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने वताउनु भयो ।

भेटका अवसरमा राज्यमन्त्री नोबु किसिले काठमाडौं नौविसे सुरुङ मार्ग निर्माणका लागि  जापानको तर्फवाट १८ बिलियन नेपाली रुपैया बराबरको सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web