स्थानिय चुनाव कानुनको मस्यौदा तत्काल बनाउन निर्देशन

भदौ १५, २०७३ मा प्रकाशित | 877 views

१५ भदौ, काठमाडौं ।
व्यवस्थापिका–संसदको विकास समितिले स्थानीय तहको निर्वाचनको लागि आबश्यक पर्ने कानुनहरुको तत्काल मस्यौदा बनाउन र स्थानीयतहको संरचनालाई बैज्ञानिक मापदण्डका आधारमा निक्र्योल गर्न संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन गरेको छ ।

समितिको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पनि स्थानीयतहको निर्वाचनको लागि आवश्यक पर्ने कानुनहरुको तत्काल मस्यौदा तयार गरी संससदमा पेश गर्न निर्देशन दिएको हो ।

समितिको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी नियमावली नहँुदा विकास कार्यक्रमहरुको सञ्चालनमा ढिलाई भएकोले छिटो नियमावली तयार गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देश दिएको  समितीका सभापति रविन्द्र अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web