अल्ट्रा हाई प्रेसर दमकल आएपछि सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्ने

भदौ १५, २०७३ मा प्रकाशित | 1081 views

१५ भदौ, सुर्खेत ।
सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा हुन सक्ने अग्निसम्बन्धी दुर्घटना कम गर्न ‘फायर स्टेशन’ निर्माण गर्न लागेको हो ।

त्यसका लागि प्रारम्भिक कार्य शुरु भएको सुर्खेत विमानस्थलले जानकारी दिएको छ । प्राधिकरणसँग लामो सयमदेखि सुर्खेतमा ‘फायर स्टेशन’ निर्माण गर्न माग गरिरहेको विमानस्थलका प्रमुख विनोदकुमार पन्तले बताउनु भयो ।

उहाँले सुर्खेत विमानस्थल सञ्चालनमा आएको ५२ वर्षपछि पहिलोपटक जिल्लामै ‘पोर्टेबल टाइप अल्ट्रा हाई प्रेसर फायर भ्याकल आएको जानकारी दिनुभयो । उहाँका अनुसार अब दमकल राख्नकै लागि पनि ‘फायर स्टेशन’ निर्माण अनिवार्य हुन्छ ।

प्राधिकरणले विमानस्थलको स्तरोन्नतिअन्तर्गत मध्यपश्चिममा नेपालगञ्जपछि सुर्खेतमा पहिलोपटक अग्नि नियन्त्रक दमकल पठाएको हो । अष्ट्रियाबाट आयात गरिएको उक्त दमकलको मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको छ । दमकलमा २ सय लिटर पानी अट्ने तथा २० लिटर फोम छ ।

कर्णाली तथा सुदूरपश्चिमका पहाडी जिल्लामा कार्गो ढुवानीका लागि व्यस्त रहने सुर्खेत विमानस्थलमा सम्भावित दुर्घटना हुन नदिन सुविधायुक्त दमकल ल्याइएको प्रमुख पन्तकोे भनाइ छ । सुर्खेत जिल्लामै यसअघि आगलागी नियन्त्रणका लागि दमकल उपलब्ध थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web