वाणिज्य मन्त्रीको तडक-भडक: हेलिकोप्टर चार्टर गरी स्कुलको उद्घाटनमा

भदौ १५, २०७३ मा प्रकाशित | 973 views

काठमाडौं,भदौ १५ । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरी गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब डेढ सय  किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेस्थित नवनिर्मात भवन उद्घाटन गर्ने मन्त्री गौचन एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर पुगेका अाजको अन्नपूर्णमा समाचार छ ।

उनी मङ्गलबार दिउँसो साढे एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । मन्त्री अवतरण हुँन लाग्दा हेलिकप्टरको हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ ।

एक घन्टा कर्यक्रमस्थल बसेपछि उनी हेलिकप्टरमै गोरखा सदरमुकाम फर्केका थिए । सदरमुकाममा कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया गरी उनी अपराहृन काठमाडौं फर्किए । विद्यालयका अध्यक्ष देवीप्रसाद श्रेष्ठले हेलिकप्टरको खर्च मन्त्री आफैले बेहोरेको बताए ।

गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिडि्दन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web