५ बर्षिया बालिका बलात्कार पछि पुलबाट फालेर हत्या गर्ने २६ बर्षे युवा पक्राउ

भदौ ९, २०७३ मा प्रकाशित | 1633 views

९ भदौ, रौतहट ।
रौतहटको मर्यादपुर गाविस १ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी पुल माथिबाट फालेर हत्या गरेको अभियोगमा कटहरिया–१ बस्ने २६ वर्षीय बालकिशोर चौरासियालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

हजुरआमासँग आफ्नै घरमा सुतिरहेको अवस्थामा मंगलबार हराएकी बालिकाको खोजी गर्ने क्रममा शंकास्पद चौरासियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा पतौरा–७ स्थित बकैया नदीको पुलमुनी जबरजस्ती करणी गरी पुलमाथिबाट फालिदिएको खुल्न आएपछि खोजी गर्दा ईनर्वा–८ मटेर्वाघाट बकैया नदीको किनारमा बालिकाको शव फेला परेको थियो ।

पक्राउ परेका चौरासियालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरि बाँके उधरापुर–२ सिमलघारी बस्ने २७ वर्षीया महिलालाई बुधबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय भागीराम चैधरीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web