मेलम्ची खानेपानीको ठेकेदारले फेरी एक बर्ष माग्यो

भदौ ७, २०७३ मा प्रकाशित | 810 views

७ भदौ, काठमाडौं ।
पूर्वनिर्धारित समयमा काम सम्पन्न नभएपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य काम सुरुङ निर्माण गरिरहेको ठेकेदार कम्पनीले १ वर्ष थप समय माग गरेको छ।

ठेकेदारले प्रस्ताव गरेको १ वर्षको अवधि परामर्शदाता इपिसा सर्भिसेजले अस्वीकार गरेको खबर आजको कारोबारमा छापिएको छ।

०७० असारमा भएको  ठेक्का सम्झौताअनुसार आगामी महिना ठेकेदार आफैंले काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको समय सकिन लागेको छ ।

भूकम्प र नाकाबन्दीका कारण आयोजनाको काम समयमा सम्पन्न गर्न ढिलाई भएपछि ठेकेदराले थप १ वर्ष समय माग गरेको समितका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

उनका अनुसार अनुसार कति समय थप नर्गे भन्ने सम्बन्धमा अहिले छलफल चलिरहको छ । आपसी छलफल र समझदारीमा समय थप गरिने उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी २० किमि सुरुङ नर्माण ठेक्का सकारेका ठेकेदार इटालियन को अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी र भारतको दी राभेनाले निर्धारित समयमा काम सम्पन्न नभएपछि परामर्शदाता कम्पनीमार्फत समय मागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web