रमेशको पार्थिव शरिर नेपाल लैजान नेपाल जापान युथ क्लवद्धारा आर्थिक सहयोग

भदौ ६, २०७३ मा प्रकाशित | 1471 views

६ भदौ, टोकियो ।
अघिल्लो साता अकस्मात निधन भएका रमेश तामाङको पार्थिव शरिरलाई नेपाल लैजान नेपाल जापान युथ क्लवले आर्थिक सहयोग गरेको छ ।

अध्ययनका क्रममा दुई वर्ष अघि जापान आएका रमेशको यही अगष्ट १५ तारिखका दिन उपचारका क्रममा निधन भएको थियो ।

बैदेशिक बसाईमा यस्तो दुखद घट्ना कसैलाई नहोस भन्दै क्वल आवद्ध साथिहरुबाट आर्थिक सहयोग संकलन गरि तामाङको पार्थीक शरीरलाई नेपाल पुर्याउन आर्थिक सहयोग गरिएको क्लवले जनाएको छ ।

तामाङग यूथ समाजका कुमार तामाङ मार्फत शव नेपाल लैजानको लागि ७७ हजार जापानी येन सहयोग गरिएको नेपाल जापान युथ क्लवका अध्यक्ष लेनिन भट्टचनले जानकारी दिनुभयो ।

मृतकको आत्माको चिर शान्तिको कामना सहित नेपाल जापान युथ क्लवले रमेश थामाङको परिवार र आफन्तलाई धर्यधारण गर्ने शक्ति भगवानबाट मिलोस भनि कामना समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web