टोकियो,चैत १९ । जापानको मिए प्रान्तमा शुक्रबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको मौसम विज्ञान निकायले जनाएको छ । जापानको प्रमुख द्वीप होन्सुको कन्साई क्षेत्रमा ६ म्याग्निच्यूडमाथिको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको १० किलोमिटर गहिराईमा ३३.४ डिग्री उत्तरी आक्षांस र १३६.४ पूर्वी देशान्तरमा रहेको बताइएको छ । भूकम्पपछि सुनामी चेतावनी भने नदिएको बताइएको छ । भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ ।
18.7¡ÆC