
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएकाे छ ।
पार्टीको केन्द्रीय नेतृत्वमा आसीन हुन चाहने आकाङ्क्षीहरूले आफ्नाे उम्मेदवारी दर्ता गराउन शुरू गरेका छन् । उम्मेदवारी दर्ता अहिले बेलुका ६ बजेसम्म ताेकिएकाे छ ।
काठमाण्डाैकाे खुलामञ्चमा रहेकाे निर्वाचनस्थलमा बिहानैदेखि कार्यकर्ता तथा नेताहरूको बाक्लो उपस्थिति देखिएको छ । विभिन्न पदका लागि उम्मेदवारी दिने नेताहरू आफ्ना समर्थकहरूसहित निर्वाचन समितिको कार्यालय पुगिरहेका छन् ।
पार्टीको विधानअनुसार सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा हुन लागेको हो । आउँदाे नेतृत्व चयन प्रक्रियालाई लिएर देशभरका प्रतिनिधिहरूमा ठूलो चासो देखिएको छ ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताको प्रक्रिया व्यवस्थित बनाउन सुरक्षा व्यवस्थासहित विशेष प्रबन्ध गरेको छ ।
21.12¡ÆC