भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

अशोज ५, २०८३ मा प्रकाशित | 2 views

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को नियम १८० बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठनसम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको हो ।

समितिमा सांसद अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रबिन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहनुभएको छ । समितिले पहिलो बैठकबाट अध्यक्ष चयन गर्नेछ ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनिकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नु समितिको उद्देश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web