प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

अशोज ५, २०८३ मा प्रकाशित | 1 views

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।

नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा रु ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ र हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कमा रहेको डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web