ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

अशोज ४, २०८३ मा प्रकाशित | 4 views

ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा सञ्चालित ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेश्रो वार्षिक साधारणसभा असोज ४ गते होटल क्रिस्टल पशुपति, गौशालामा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष श्री टेकनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त सभामा ग्लोबल आईएमई बैंक, कम्पनी रजिष्ट्रार तथा अन्य गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष श्री पोखरेलले चालु वर्ष कम्पनीका लागि लाभांश वितरणका दृष्टिले चुनौतीपूर्ण रहेको बताउँदै, कठिन परिस्थितिका बाबजुद कम्पनीको सञ्चालन निरन्तर राख्न सहयोग गर्ने एकमात्र सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडप्रति सञ्चालक समितिका तर्फबाट आभार व्यक्त गरे। साथै नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा राजनीतिक स्थायित्व फर्किने विश्वास र थप गुणस्तरीय सेवा प्रदान गर्दै सबै सरोकारवालाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभामा सञ्चालकद्वय श्री विकासराज पाण्डे र श्री विजय कार्की, प्रमुख कार्यकारी अधिकृत श्री प्रवीना पाण्डे तथा ग्लोबल आइएमई बैंकका प्रतिनिधि श्री टिकाराम पाण्डेले आ-आफ्ना धारणा राखेका थिए।

सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वित्तीय विवरण तथा नियुक्ति, चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले नगद लाभांश वितरण, र प्रबन्धपत्र संशोधन सम्बन्धी प्रस्तावहरू सर्वसम्मतिले पारित गर्‍यो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web