विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

अशोज २, २०८३ मा प्रकाशित | 4 views

विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनी यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक थिए ।

त्यसभन्दा अघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारले वैशाख १९ गते जारी गरेको अध्यादेशका कारण स्वत: पदमुक्त भएका थिए ।

शाक्यलाई अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट हटाएकोमा सर्वोच्चको परमादेशसँगै पुनर्बहाली भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web