धादिङ–नुवाकोटमा विद्युत् सुचारू, रसुवामा ९० प्रतिशत

अशोज २, २०८३ मा प्रकाशित | 1 views

धादिङ–नुवाकोटमा विद्युत् सुचारू, रसुवामा ९० प्रतिशत

काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट विद्युत् पूर्वाधारमा क्षति पुगेर सेवा अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी गएको भोलिपल्टदेखि नै पुनः विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनः सुचारू भइसकेको छ । नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुगेको थियो भने धादिङमा त्यसअघि नै सबै क्षेत्रमा विद्युत् सेवा पुनः सुचारू गरिएको थियो ।

बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली पुर्‍याइएको छ। उत्तरगया गाउँपालिका–१ तथा गोसाइँकुण्ड गाउँपालिका–१, २ र ३ बाहेक जिल्लाका बाँकी सबै क्षेत्रमा विद्युत् सेवा सुचारू गरिएको प्रवक्ता शाक्यले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय विद्युत् वितरण प्रणाली नपुगेका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणाली जडान गरी विद्युत् सेवा क्रमशः सुचारू भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web