मकवानपुरमा इभी दुर्घटना हुँदा ४ जनाको मृत्यु

भदौ ३०, २०८३ मा प्रकाशित | 1 views

मकवानपुरमा इभी दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोला नजिकै भएको दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा इभीमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको छ, भने अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

इभीमा ६ पुरुष तथा २ महिला गरि ८ जना सवार रहेको र उनीहरूमध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने एक जनाको हेटौँडामा उपचार भइरहेको छ । मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web