प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ४३ करोड रुपैयाँ मौज्दात

भदौ २५, २०८३ मा प्रकाशित | 7 views

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ४३ करोड रुपैयाँ मौज्दात

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात छ ।

त्यस्तै कोषका २ वटा बैंकमा रहेको डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ । नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम १२ अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै पुगेको कार्यालयले जनाएको छ ।

विवरणअनुसार आज मात्रै नेपालीतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप सङ्कलन भएको छ ।

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web