
नुवाकोट । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेरअघि मात्रै सुरुङबाट उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उहाँलाई उद्धार गरेर नुवाकोटको त्रिसुली ब्यारेकमा ल्याइँदैछ । उहाँलाई बाढी गएको ११ औं दिनमा उद्धार गरिएको हो ।
यसअघि हिजो त्रिशूली – ३ ए को सुरुङबाट २ जनाको जीवितै उद्धार गरिएको थियाे ।
24.12¡ÆC