भूकम्प पीडित तेक्वान्दोकर्मीलाई राहत वितरण

भदौ २, २०७३ मा प्रकाशित | 842 views

काठमाडौं, भदौ २ । नेपाल तेक्वान्दो संघले विभिन्न ९ जिल्लाका तेक्वान्दो सम्बद्ध भूकम्प पीडितलाई बिहीबार आर्थिक सहयोग उपलब्ध गराएको छ । खेलाडी गुमाएका परिवार र अभिभावक गुमाएका खेलाडीलाई २० हजार तथा घर क्षति भएकालाई १० हजारका दरले राहत वितरण गरियो ।

गोर्खा र दोलखा जिल्ला खेलकुद विकास समिति मार्फत सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी क्रमशः ३ लाख ४० हजार र ६० हजार रुपैयाँ प्रदान गरियो ।

त्यस्तै तेक्वान्दो जिल्ला कार्यसमिति ललितपुरलाई ६० हजार, ओखल्ढुंगालाई १० हजार, धादिङलाई ३० हजार, काठमाडौंलाई ४० हजार, नुवाकोटलाई ८० हजार, काभ्रेलाई ६० हजार तथा भक्तपुरलाई ७० हजार रुपैयाँ पीडितलाई हस्तान्तरण गर्ने गरी प्रदान गरिएको छ । जम्मा ७ लाख ४० हजार वितरण गरिएको हो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले उक्त रकम बराबरको चेक सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच प्रदान गरे ।

सोही अवसरमा भूकम्प गएपछि उद्धार कार्यमा खटिएका तेक्वान्दो सम्बद्ध स्वयंसेवकलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web