‘घुम्न जाउँ है पिपलटार त्रिशुली’ लोकदोहोरी गीत सार्वजनिक

नुवाकोट । नुवाकोटको त्रिशुली क्षेत्रको प्राकृतिक सौन्दर्य र मायाप्रेमको भावनालाई समेटिएको नयाँ लोकदोहोरी गीत ‘घुम्न जाउँ है पिपलटार त्रिशुली’ सार्वजनिक भएको छ ।

गीतमा गायक विष्णु रिमाल , महेन्द्र बस्नेत र गायिका मनिषा श्रेष्ठको स्वर रहेको छ । गीतमा विष्णु तामाङको संगीत तथा संगीत संयोजन रहेको छ भने गीतका शब्द राम शरण आले मगरले लेखेका हुन् ।

शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत महेन्द्र बस्नेतको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पिपलटार–त्रिशूलीको प्राकृतिक वातावरण, स्थानीय परिवेश तथा मायाप्रेमका भावनालाई गीतमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

गीतले त्रिशुली क्षेत्रको प्राकृतिक सौन्दर्यलाई संगीतका माध्यमबाट चिनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गीत सार्वजनिक भएसँगै निर्माण पक्षले दर्शक–स्रोतासँग गीत सुनेर प्रतिक्रिया दिन, शेयर गर्न तथा नेपाली लोकदोहोरी संगीतलाई माया र समर्थन गर्न आग्रह गरेको छ ।

TOP