इंग्लिस क्लब चेल्सीले भित्र्यायो आठ खेलाडी

एजेन्सी । युरोपको प्रतिष्ठित लिग इंग्लिस प्रिमियर लिग नजिकिएसँगै टिम संरचनाको बारेमा चर्चा हुन थालेको छ । धेरैको नजर टिमले भित्र्याएका खेलाडीहरूमा छ ।

इंग्लिस क्लब चेल्सी पनि चर्चाको केन्द्र बनेको छ । चेल्सी पाँचपटकको विजेता हो । टोलीले सन् २००४–२००५, २००५–२००६, २००९–२०१०, २०१४–२०१५ र २०१६–२०१७ को सिजन जितेको थियो । टिमले यस संस्करण नयाँ प्रशिक्षकको रूपमा स्पेनका पूर्वराष्ट्रिय खेलाडी जाबी अलन्सोलाई भित्र्याएको छ । उनको आगमनले टिमको प्रदर्शनमा सुधार ल्याउने चर्चा हुन थालेको छ ।

टिमले प्रतियोगिताको लागि आठ नयाँ खेलाडी भित्र्याएको छ । कस्ता छन् चेल्सीका खेलाडी र उनीहरूको पृष्ठभूमि ?

भ्यालेन्टिन बार्काे
चेल्सीले मिडफिल्डर भ्यालेन्टिन बार्काेलाई इंग्लिस क्लब ब्राइटनबाट भित्र्याएको छ । चेल्सीले बार्काेसँग सन् २०३३ सम्मको लागि सम्झौता गरेको छ ।

उनी अर्जेन्टिनाका राष्ट्रिय खेलाडी हुन् । सन् २०१९ मा यू–१५ बाट राष्ट्रिय टिमको यात्रा सुरु गरेका उनले सन् २०२४ मा सिनियर टिममा डेब्यु गरे । यस वर्ष सम्पन्न फिफा विश्वकप २०२६ खेलेका उनले राष्ट्रिय टिममा पाँच खेल खेल्दै दुई गोल गरेका छन् । उनीसँग स्पेन, अर्जेन्टिना, बेलायत र फ्रान्समा व्यावसायिक लिग खेलेको अनुभव छ ।

जोर्डन हेन्डरसन
चेल्सीले मिडफिल्डर जोर्डन हेन्डरसनलाई इंग्लिस क्लब बे्रन्टफोर्डबाट भित्र्याएको छ । क्लब र हेन्डसरसनबीच दुई वर्षको सम्झौता भएको छ ।

हेन्डर्सन इंग्लयान्डका राष्ट्रिय खेलाडी हुन् । सन् २००९ मा यू–१९ टिममा स्थान बनाउँदै राष्ट्रिय टिमको अभियान थालेको उनले सन् २०१० मा सिनियर टिममा डेब्यु गरेका थिए । हेन्डरसनले राष्ट्रिय टिमबाट ९१ खेल खेलेका छन् । व्यावसायिक फुटबलमा उनले इंग्लिस, आउदी अरेबियन, डेनिस लिग गरी कुल पाँच सय बढी खेल खेल्दा ३६ गोल गरेका छन् ।

म्याक्सेन्स ल्याक्रोइक्स
चेल्सीले यस संस्करण टिममा भित्र्याएको खेलाडी सूचीमा रक्षक म्याक्सेन्स ल्याक्रोइक्स पनि पर्छन् । चेल्सीले ल्याक्रोइक्सलाई इंग्लिस क्लब क्रिस्टल प्यालेसबाट सन् २०३२ सम्मको लागि भ्यिाएको हो ।

ल्याक्रोइक्स फ्रान्सका राष्ट्रिय खेलाडी हुन् । सन् २०१६ मा यू–१६ टिमबाट खेल्दै फ्रान्सको जर्सी लगाएका उनले यही वर्ष ब्राजिल र कोलोम्बोविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले फ्रान्सबाट फिफा विश्वकप २०२६ पनि खेलेका थिए । राष्ट्रिय टिममा उनले सात क्याप जितेका छन् । व्यावसायिक खेलमा भने उनले २२१ खेल खेल्दा आठ गोल गरेका छन् । उनीसँग फ्रेन्च, जर्मन र इंग्लिस लिग खेलेको अनुभव छ ।

मार्काे पालेस्ट्रा
मार्काे पालेस्ट्रा चेल्सीले यस सिजनको निम्ति भित्र्याएको पहिलो खेलाडी हुन् । पालेस्ट्रालाई क्लबले इटालियन क्लब एट्लान्टबाट भित्र्याएको हो ।

पालेस्ट्रा इटालीका राष्ट्रिय खेलाडी समेत हुन् । उनले फिफा विश्वकप–२०२६ छनोटको प्लेअफमा नर्थन आयरल्यान्डविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । दुई क्याप जितेका उनले त्यसअघि राष्ट्रिय टिमको यू–१९, यू–२० र यू–२१ टिमबाट खेलेका थिए । व्यावसायिक खेलमा भने उनले ८५ बढी खेल खेलेका छन् । उनले एट्लान्टा र क्यालिअरी जस्ता प्रतिष्ठित इटालियन लिग खेलका छन् ।

डेनी वेल्बेक
डेनी वेल्बेक यस संस्करणको निम्ति चेल्सीले अनुबन्धित गरेका पाँचौँ खेलाडी हुन् । डेनीलाई क्लबले अर्को इंग्लिस क्लब ब्राइटनबाट भित्र्याएको हो । क्लब र उनीबीच सन् २०२८ सम्मको सम्झौता भएको छ ।

डेनी इंग्ल्यान्डका राष्ट्रिय खेलाडी हुन् । उनले सन् २०११ मा घानाविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्दै सिनियर टिममा डेब्यु गरेका थिए । उनले सन् २०१८ को विश्वकप पनि खेलेका थिए । राष्ट्रिय टिममा ४२ क्याप जित्दा उनले कुल १६ गोल गरेका छन् । व्यावसायिक खेलमा उनले ४०० भन्दा बढी खेल खेलेका छन् भने ९२ गोल गरेका छन् ।

जियोभानी क्वेन्डा
यस संस्करणको निम्ति चेल्सीले जियोभानी क्वेन्डालाई भित्र्याएको छ । चेल्सीले क्वेन्डालाई पोर्चुगिज क्लब स्पोर्टिङ सीपीबाट भित्र्याएको हो । उनी र क्लबबीच सन् २०३४ सम्मको सम्झौता भएको छ ।

क्वेन्डा पोर्चुगलको उमेर समूहबाट खेलिसकेका खेलाडी हुन् । विंगर उनले सन् २०२३ मा यू–१७ र सन् २०२४ मा यू–२१ बाट खेलेका थिए । उनले व्यावसायिक खेल पनि पोर्चुगलमै खेलेका हुन् । स्पोर्टिङबाटै उनले पोर्चुगिज प्रिमियर लिगामा कुल ६३ खेल खेले ।

मोर्गन रोजर्स
चेल्सीले मोगर्न रोजर्सलाई पनि प्रतियोगिताको लागि अनुबन्धित गरेकोे छ । चेल्सीले रोजर्सलाई एस्टन भिलाबाट सन् २०३३ सम्मको लागि भित्र्याएको हो ।

रोजर्स इंग्ल्यान्डका राष्ट्रिय खेलाडी हुन् । उनले सन् २०२४ मा यूईएफए नेसन्स लिग खेल्दै सिनियर टिममा डेब्यु गरेका थिए । रोजर्सले राष्ट्रिय टिमका लागि २२ खेल खेलेका छन् । २४ वर्षीय उनले त्यसअघि इंग्ल्यान्डको यू–१५, यू–१६, यू–१७, यू–१८, यू–२० र यू–२१ टिमबाट खेलेका थिए । सन् २०१९ देखि इंग्लिस क्लबहरूमा आबद्ध हुँदै आएका उनले कुल १७१ खेल खेलेका छन् ।

ह्यारिसन बेटोनी
चेल्सीले ह्यारिसन बेटोनीलाई इंग्लिस क्लब विगन एथ्लेटिक्सबाट भित्र्याएको छ । क्लबले बेटोनीलाई सन् २०३० सम्मको लागि भित्र्याएको हो ।

बेटोेनी क्लबले यस वर्ष भित्र्याएका किशोर खेलाडीमध्येका हुन् । उनी १८ वर्षका छन् । उनी सन् २०१८ देखि व्यावसायिक फुटबल खेल्दै आएका छन् । सन् २०१९ मा इंग्लिस क्लब कुर्जाेन एस्टनबाट खेल्दै व्यावसायिक फुटबल सुरु गरेका थिए, उनले । बेटोनले गत सिजन एथ्लेटिकबाट खेल्दा २७ खेलमा चार गोल गरेका थिए ।

प्रतियोगिता अगष्ट २२,2026 देखि हुनेछ । चेल्सीले अगष्ट २५ मा फुलहमविरुद्ध खेल्दै सिजनको सुरुआत गर्नेछ ।

TOP