कुमार थापा ‘नेपाली ब्रो’ रास्वपाको सदस्य होइनः सभापति गजुरेल

जेष्ठ २५, २०८३ मा प्रकाशित | 275 views

कुमार थापा ‘नेपाली ब्रो’ रास्वपाको सदस्य होइनः सभापति गजुरेल

नुवाकोट । श्रीमति हत्या अभियोगमा पक्राउ परेका नुवाकोटको तारकेश्वर गाउँपालिका–४ निवासी ‘नेपाली ब्रो’ भनिने कुमार थापामगर राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)को सदस्य नभएको पाइएको छ ।

यही जेठ २२ गते काठमाडौमा ३८ वर्षका कुमार थापामगरले श्रीमति हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अबस्थामा अहिले केही सामाजिक सञ्जालहरुमा उनी रास्वपाको सदस्य रहेको भनेर फोटो बाहिरिएको छ । तर, कुमार थापामगर नाम गरेका व्यक्ति आफ्नो पाटीको सदस्य नभएको रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले विज्ञप्ती मार्फत स्पष्ट पार्नुभएको हो ।

सभापति गजुरेलले जारी गरेको विज्ञप्तीमा सामाजिक सञ्जालमा आएको सदस्यता परिचय पत्रमा उल्लेखित सदस्यता नं को कोड रास्वपा नुवाकोटले प्रयोग गर्ने कोड नै नमिलेको भन्दै उक्त व्यक्तिको सदस्यता परिचयपत्र भनेर आएको फोटो विवरण गलत रहेको सभापति गजुरेलले विज्ञप्ती मार्फत स्पष्ट पार्नुभएको हो ।

कुमार थापा मगर ‘नेपाली ब्रो’को सदस्यता नक्कली भन्ने थप आधार:
१. नुवाकोट २ ख ०००० लेखिएको हुनुपर्नेमा अर्कै उल्लेख भएको ।
२. अपराध भएको दिन २०८३ जेग २२ गतेको मितिमा नै सदस्यता लिएको उल्लेख भएको ।
३. उनको ठेगाना तारकेश्वर–४ नुवाकोट रहेकोमा अर्कै ठेगाना उल्लेख रहेको ।
४. रास्वपाको सदस्यता पत्रमा क्युआर, आधिकारिक हस्ताक्षर अनिवार्य रहेकोमा उक्त विवरण उल्लेख नभएको ।

रास्वपा नुवाकोट सभापति रामेश्वर गजुरेलले जारी गरेको विज्ञप्तीः

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web