किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि अभिमुखिकरण सम्पन्न

जेष्ठ ९, २०८३ मा प्रकाशित | 47 views


नुवाकोट । बेलकोटगढी नगरपालिकाको बेलकोट स्वास्थ्य चौकी र मदानपुर स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

बेलकोटगढी नगरपालिका स्वास्थ्य तथा सामाजिक शाखाको आयोजनामा दुई स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन सम्बन्धि अभिमुखीकरण गरिएके हो ।

यही जेठ ७ गते गते बेलकोट स्वास्थ्य चौकी र जेठ ८ गते मदानपुर स्वास्थ्य चौकीमा गरिएको कार्यक्रममा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाबाट उपलब्ध सेवाहरु, किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको उदेश्य, प्रमुख क्षेत्रहरु र केन्द्रका विशेषता बारे विस्तृत छलफल गरिएको बेलकोटगढी नगरपालिकाको जनस्वास्थ्य अधिकृत गरिमा जोशीले जानकारी दिनुभयो ।

उहाँको अनुसार कार्यक्रममा स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, विद्यालय नर्स, विद्यार्थी, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वंमसेवकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web