माओबादी युद्धमा मारिएकालाई १० लाख रुपैयाँ दिएरै छाड्छु-प्रधानमन्त्री प्रचण्ड

साउन ३२, २०७३ मा प्रकाशित | 1009 views

३२ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले माओबादी युद्धमा मृत्युभएकालाई राज्यले शहिद घोषणा गरि दशलाख रुपैया दिने आप्mनो पहिलो कार्यकालको निर्णयलाई पुन कार्यन्वयन गरिने बताउनु भएको छ ।

दोरम्बा हत्याकाण्डको १३ औ स्मृति दिबस तथा शहिद परिवार सम्मान कार्यक्रमलाई आज काठमाडौमा सम्बोधन गर्दे माओबादी केन्द्रका अध्यक्ष एबं प्रधानमन्त्री दाहालले दशलाख रुपैया मध्ये ५ लाख पहिलो किस्तामा दिने मन्त्रिपरिषदले निर्णय गरिसकेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले दोश्रो कार्यकालमा व्यवहारमा काम गरेर देखाउन चाहेको उल्लेख गर्नुभयो ।

भारत र चीनसंगको कुटनीतिक सम्बन्धलाई सन्तुलित गर्न दुबै देशमा उपप्रधानमन्त्रि द्धय बिमलेन्द्र निधी र कृष्णबहादुर महरालाई पठाउने एबं गरीब र पिछडिएका समुदायलाई सरकार भएको अनुभूती दिलाउने खालका काम सरकारले अघि बढाएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web