
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए भने सन्तोष यादव १ रनमा आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए ।
यूएईका निलांश केसवानी र मुहम्मद अरफानले समान १–१ विकेट लिए । त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रन र मुहम्मद अरफानले ३२ रन बनाएका थिए ।
नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए । दुई खेलको उक्त सिरिजमा दुबै टोलिले एक एक खेल आआफ्नो पक्षमा पारे । हिजो भएको पहिलो खेलमा नेपाल युएईसङ ६ विकेटले पराजित भएको थियो ।
18.12¡ÆC