
नुवाकोट । नेपाल टेलिकमको फाइबरमा समस्या भएसगैँ पछिल्लो चारदिनदेखि नेपाल टेलिकमको सेवा अबरुद्ध भएको छ ।
नुवाकोट हुदै फाइबर मार्फत सेवा दिदै आएको टेलिकम रसुवाले तार चुडिएकाले सवा अबरुद्ध भएको जनाएको छ । कार्यालयबाट दिइएको जानकारी अनुसार वेत्रावतीमा चुडिएको तार मर्मतको काम सम्पन्न गरेर सुचारुको प्रयास गरेपनि पुनः नुवाकोटको किस्पाङ–५ मा फाइबर चुडिएकाले मर्मतको लागी समय लागेको जनाएको छ ।
फाइबरमा समस्या भएसगैँ टेलिकमको मोबाइल फोन, ल्याण्डलाइन, इन्टरनेटको फाइबर अन्तरगतको सेवा पूर्ण रुपमा प्रभावित भएको छ । फाइबर सेवा अबरुद्ध भए पश्चात नुवाकोटबाट पठाइएको बिटिएस टावर मार्फत फोन सेवा सुचारु गरिएको भएपनि उक्त सेवा प्रभावकारी नहुदाँ सेवाग्राही समस्यामा परेका छन् ।
सञ्चार प्रविधि अत्यावश्यक सेवा भएकाले समस्या देखिए लगत्तै मर्मतमा कार्यालयले ध्यान नदिएकाले समस्या भएको सेवाग्राहीको गुनासो छ ।
कार्यालयको अनुसार फाइबर चुडिएको क्षेत्रमा रसुवबाट खटिएका प्राविधिक मार्फत मर्मतको प्रयास सफल नभएकाले काठमाडौबाट आज बुधबार प्राविधिक आएर मर्मत गरेर आजै बेलुकासम्म सुचारु गराउने लक्ष्य राखिएको छ । यद्यपी फाइबरमा पुगेको क्षति र मर्मतको काम कती समयबाट सुरु हुने भन्नेमा जानकारी पाइएको छैन ।
मर्मतको लागी खटिएका नेपाल टेलिकम रसुवाका कर्मचारी नारायण राज श्रेष्ठलाई सम्पर्क गर्दा टेलिकमका सेवामा समस्या आएको कारण सम्पर्क हुन सकेन ।
18.12¡ÆC