कलेरीडाँडामा सीप सिकाइ केन्द्र उद्घाटन, आमा समूहलाई चार लाख सहयोग

चैत्र १७, २०८२ मा प्रकाशित | 159 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले वडा नम्बर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमको अवसरमा वडा नम्बर ५ मा सामाजिक क्षेत्रमा सक्रिय रहेका पाँचवटा आमा समूहहरूलाई महिला स्वावलम्बन, महिला साक्षात्कार, महिला सशक्तिकरण तथा जीविकोपार्जन अभियान अन्तर्गत रु ४ लाख बराबरको सहयोग रकम अध्यक्ष अधिकारीले प्रदान गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाहरूले आपसी सहकार्य र एकतामा जोड दिँदै नेतृत्व विकास, सीप विकास र क्षमता अभिवृद्धि मार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो।

महिला समूह सहित सामाजिक क्षेत्रमा सक्रिय रहेका तथा पछि परेका समूहलाई गाउँपालिकाले निरन्तर रूपमा सीप विकास र स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष अधिकारीको भनाई छ ।

वडा नं ५ को माथिल्लो भेगका तीनवटा वडालाई लक्षित गरी कलेरीडाँडामा यो सीप सिकाइ केन्द्र निर्माण गरिएको हो। यसअघि तल्लो भेगका तीन वडालाई लक्षित गर्दै वडा नम्बर ४ को बुधसिंहमा निर्माण गरिएको सीप सिकाइ केन्द्र उद्घाटन भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web