तारकेश्वरमा दुई खानेपानी आयोजना उद्घाटन, २१५ परिवार प्रत्यक्ष लाभान्वित

चैत्र १०, २०८२ मा प्रकाशित | 215 views


नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं ५ मा दुईवटा खानेपानी आयोजना एकैसाथ सम्पन्न भएसगैँ सञ्चालनमा ल्याइएको छ ।
गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले वडा न. ५ स्थित सिरानटोल र गोर्स्याङमा निर्माण सम्पन्न भएको दुई खानेपानी योजनाको सोमबार उद्घाटन गर्नुभयो ।

गाउँपालिका र लिभिङ वाटर नेपालको सयुक्त सहकार्यमा सम्पन्न भएको आयोजना मार्फत सिरानटोलको ६० घरपरिवार र गोर्स्याङका १५५ घरपरिवार गरेर कुल २१५ घरधुरीमा ‘एक घर एक धारा’ निर्माण गरिएको हो ।

योजना सम्पन्न गर्न तारकेश्वर गाउँपालिकाको रु ५ लाख आर्थिक सहितको प्राविधिक सहयोग उपलब्ध गराई स्थानीय उपभोक्तालाई पानीको भइरहेको चरम समस्याको समाधानको लागी सहयोग पुराएको छ ।

खानेपानी योजनाको उद्घाटन कार्यक्रममा अध्यक्ष अधिकारीले गाउँपालिकाका सबै टोलमा स्वच्छ खानेपानी पुर्‍याउने आफ्नो लक्ष्य र प्रतिबद्धता अनुसार काम गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले खानेपानी योजना पुग्न बाँकी रहेका टोलहरूमा पनि क्रमशः सम्पन्न गर्दै तारेकश्वरबासीको प्रत्येक घरमा खानेपानी धारा पुर्याउन आफूले जनाएको प्रतिबद्धता पूरा गरेर छाड्ने बताउनुभयो ।

खानेपानी योजनाको दीगो सञ्चालनका लागि नियमित मर्मतसम्भार र संरक्षण आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले उपभोक्ताहरूलाई समेत जिम्मेवार बन्न पनि स्मरण गराउनुभयो ।

तारकेश्वरको वडा नं ५ का अधिकांश टोलमा ‘एक घर एक धारा’ अभियान सम्पन्न भइसकेको र बाँकी टोलमा पनि छिट्टै खानेपानी पुग्नेमा विश्वस्त हुन उहाँको आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web