त्रिशूली अस्पतालमा ओस्टियोपोरोसिस शिविर, करीब एकसय ज्येष्ठ नागरिक र महिलाले सेवा लिए

चैत्र ३, २०८२ मा प्रकाशित | 275 views


कोलनी । त्रिशूली अस्पताल, नुवाकोटमा ज्येष्ठ नागरिक र महिलाहरुको लागी सञ्चालन गरिएको दुईदिने ओस्टियोपोरोसिस (डेक्जा स्क्यान मेसिन मार्फत चेकजाँच गरि हड्डी खिइएको) रोगको उपचार शिविर सम्पन्न भएको छ ।

यही चैत २ र ३ गते दुई दिनसम्म सञ्चालन गरिएको उक्त शिविरमा करीब एकसय जना बिरामीले स्वास्थ्य जाँच एंव निःशुल्क उपचार सेवा लिएका छन् ।

अस्पतलाका निर्देशक डा.राजेन्द्र लामाको अनुसार जाँच गराउन आएका बिरामीको ज्येष्ठ नागरिक र महिलाहरुको हड्डी कमजोर हुने, हड्डीको अबस्था कमजोर भएसगैँ सानो चोट, ठक्करबाट पनि हड्डी भाँचिने जोखिम बढाउने हुदाँ बिरामीहरुलाई निःशुल्क रुपमा उक्त सेवा उपलब्ध गराइएको हो ।

उहाँको अुनसार ओस्टियोपोरोसिस भएमा शरीरको हड्डी शिथिल र कमजोर हुने गदर्छ भने नयाँ कोषिकाको निर्माण पनि आवश्यकता अनुसार हुन नसक्दा यसले हड्डी कमजोर बनाएर टुट्न दिने भएकाले लक्षण थाहाँ पाएमा उपचार मार्फत रोगको निधानको लागी सहयोग पुग्ने गरेको छ ।

आधुनिक जीवनशैली, जथाभावी खानपान, एकै स्थानमा लामो समयसम्म बस्ने बानी, व्यायामको कमी, अत्याधिक जंकफुडको सेवनले रोग लाग्न सक्ने भएकाले समयमै सजग हुन त्रिशूली अस्पतालका निर्देशक डा.लामाले अनुरोध गर्नुभयो ।

त्रिशूली अस्पतालमा दुई दिनसम्म सञ्चालित शिविरमा जाँच गराउन आएका बिरामीलाई अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले उपचारको क्रममा चिकित्सकबाट दिएको सुझाब अनुसार आफ्नो स्वास्थ्य प्रति सचेत रहन स्मरण गराउदै स्वास्थ्यमा कुनै समस्या भएमा आगामी दिनमा अस्पतालको नियमित सेवा अन्तरगतबाट समेत जाँच एंव परीक्षण सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

शिविरमा ६० जना महिलाहरु र ३६ जना ज्येष्ठ नागरिक पुरुषहरुले सेवा लिएका थिए । सेवा लिएका महिलाहरु र विशेष गरेर ज्येष्ठ नागरिकहरुको ओस्टियोपोरोसिस रोगको पहिचान, रोगको उपचार तथा रोकथाम गरेर सेवा दिएसगैँ प्रत्यक्ष रुपमा बिरामीलाई लाभ पुगेको त्रिशूली अस्पताल आकस्मिक लेबोरेटरी इञ्चार्ज श्यामसुन्दर ओझाले जानकारी दिनुभयो । उहाँको अनुसार जाँच गराउन आएका बिरामीलाई अस्पतालबाट प्रवाह हुने आवश्यक सेवाहरु निःशुल्क प्रदान गरिएको छ ।

आगामी दिनमा पर्याप्त मात्रामा क्याल्सियम तथा भिटामिन ‘डी’ को सेवन गर्न, कम बोसोयुक्त डेरी प्रोडक्ट तथा हरिया साजसब्जी तथा फलफुलको सेवन गर्न, नियमित व्यायाम तथा शारिरिक अभ्यास गर्न, धुमपान र मद्यमानको सेवन गर्नेहरुलाई छाड्नको लागी सुझाब दिइएको छ ।

ओस्टियोपोरोसिस सम्बन्धि थाहा पाइराखौः
हड्डीको अवस्था: नयाँ हड्डी बन्ने प्रक्रिया ढिलो भई पुरानो हड्डी नष्ट हुने क्रम तीव्र हुँदा हड्डी भित्रबाट खोक्रो र कमजोर हुन्छ।

प्रमुख जोखिमहरू: ५० वर्षभन्दा माथिका व्यक्ति, क्याल्सियम/भिटामिन डीको कमी, धूमपान/मद्यपान, र शारीरिक निष्क्रियताले यसलाई बढावा दिन्छन्।

प्रभावित अंगहरू: यसले मुख्य रूपमा मेरुदण्ड, हिप (कम्मर) र नाडीको हड्डीलाई बढी असर गर्छ।

रोकथाम: स्वस्थ आहार (क्याल्सियम र भिटामिन डी युक्त), नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाएर यसबाट बच्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web