सरस्वती आधारभूत विद्यालयलाई ३ लाख ५० हजारको विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

फाल्गुन २८, २०८२ मा प्रकाशित | 313 views


नुवाकोट । तारकेश्वर गाउँपालिका–४ नेवारपानीस्थित सरस्वती आधारभूत विद्यालयमा विज्ञान प्रयोगशालाको उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले विद्यालयमा ३ लाख ५० हजार रुपैयाँ बराबरको विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका सामग्रीहरूमा कम्पाउन्ड माइक्रोस्कोप, पर्मानेन्ट स्लाइड्स, बायोलोजिकल स्पेसिमेन्स, विभिन्न केमिकल्स, स्केलेटन, चार्ट्स लगायतका सामग्री रहेका छन् ।

यसअघि पनि सोही विद्यालयमा आइसिटी ल्याब स्थापना गरी ६ लाख ५० हजार रुपैयाँ बराबरको आइसिटी प्रविधि हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष अधिकारीले परम्परागत घोकन्ते शिक्षाभन्दा समयसापेक्ष विज्ञान तथा प्रविधिमैत्री शिक्षालाई आत्मसात् गर्दै प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले विद्यालयहरूको प्राविधिक क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग उपलब्ध गराउँदै आएको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web