
नुवाकोट । “प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२” शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नुवाकोट जिल्लामा नेपाली सेना अहोरात्र खटिरहेको छ। मध्य पृतना हेडक्वार्टर तथा नं. ६ वाहिनी अड्डाबाट प्राप्त अपरेशन निर्देशन अनुसार श्री शेर गण, श्रीडाँडा ब्यारकेटबाट जिल्लाभर ४ वटा कम्पनी (COB) तैनाथ गरिएको छ।
सैन्य अपरेटिङ्ग बेशहरूबाट एरिया डोमिनेशन प्याट्रोल, भेहिकल गस्ती, पैदल गस्ती तथा अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी संयुक्त गस्ती समेत सञ्चालन गरिएको छ। सबै कम्पनीहरूले रात्रीकालीन गस्तीमा विशेष ध्यान दिँदै सुरक्षा चुनौती उत्पन्न हुन सक्ने गतिविधिहरूको निगरानी र खबर संकलनमा जोड दिइरहेका छन्।

श्री शेर गणका गणपति, प्रमुख सेनानी आविष्कार ढुङ्गानाले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउँदै सैन्य अपरेटिङ्ग बेशहरूबाट निरन्तर गस्ती र निगरानी जारी रहेको जानकारी दिनुभयो ।
त्यसैगरी, नेपाली सेना जिल्लाभर तैनाथ भएसँगै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले मतदान स्थलको निरीक्षण गर्दै स्थानीय पालिकासँग भेटघाट र अन्तरक्रिया कार्यक्रमलाई पनि तीव्रता तिव्रता दिइरहेको उहाँको भनाई छ ।

देशभर जस्तै नुवाकोटमा पनि माघ २१ गतेदेखि नेपाली सेना मार्फत भइरहेको सुरक्षा प्रवाहले आगामी फागुन २१ को निर्वाचन शान्तिपूर्ण, विश्वसनीय एंव धाधलीरहित रुपमा आम मतदाताको स्वस्फूर्त सहभागितामा हुने वातावरणलाई बलियो बनाउदै आएको छ ।


15.12¡ÆC