‘पाइलटका कमजोरीले बिमान दुर्घटना दोहोरियो’

साउन २८, २०७३ मा प्रकाशित | 1501 views

२८ साउन, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ ।

व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइका साथ पालना गराइने जानकारी दिनुभयो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले युरोपेली सङ्घले नेपालको जहाजले सङ्घका सदस्य मुलुकमा उडान भर्न नपाउने गरी कालोसूचीमा राखेकामा तोकिएको मापदण्ड पूरा गर्ने अन्तिम प्रयासमा प्रधिकरण रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web