नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज चार खेल हुँदै

पुस १६, २०८२ मा प्रकाशित | 163 views


काठमाडौँ । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पनि चार वटा खेल हुँदैछन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बिहान १० बजे महिलातर्फ नेपाल पुलिस क्लब र मधेश प्रदेश खेलकुद परिषद् तथा दिउँसो १२ बजे एभरेष्ट भलिबल क्लब र चुली युवा क्लबबीच खेल हुँदैछ ।

यस्तै पुरुषतर्फ दिउँसो २ बजे बुढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र तथा दिउँसो ४ बजे कोशी प्रदेश भलिबल संघ र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्रले खेल्दैछन् ।

यही शनिवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web